शुक्रबार, जेठ ४ गते २०८१

नेलेका आगलागी पीडितलाई प्रतिघर पचास हजार रूपियाँ दिने

नेलेका आगलागी पीडितलाई प्रतिघर पचास हजार रूपियाँ दिने

अखबार दैनिक
बिहीबार , पुस ७ २०७९
  • नेलेका आगलागी पीडितलाई प्रतिघर पचास हजार रूपियाँ दिने

    सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा भएको आगलागीको पीडित परिवारलाई थुलुङ दूधकोशी गाउँपालिकाले राहत प्रदान गर्ने भएको छ ।

    images

    आगलागीबाट घर पूर्ण क्षति भएकालाई प्रतिपरिवार ५० हजार रुपियाँ नगद राहत प्रदान गर्ने अध्यक्षस्तरीय निर्णय गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आंशिक क्षति हुने प्रति परिवारलाई २५ हजार रुपियाँ दिइनेछ ।

    मङ्गलबार साँझ वडा नं. १ को साप्ताहिक हाट नेले बजारमा आगलागी हुँदा चार घर पूर्णरुपमा नष्ट भएका थिए । दुई घर आंशिक रुपमा नष्ट भएका छन् भने अन्य विभिन्न पसलमा समेत क्षति हुँदा करोडौंको नोक्सान भएको प्रहरीले जनाएको छ ।

    उक्त घटनाप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ । उक्त घटनामा थप क्षति हुन नदिन खटिने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सोलुदूधकुण्ड नगरपालिका प्रहरी, थुलुङ दूधकोशी गाउँप्रहरी, सोलुदूधकुण्ड नगरपालिका, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीय बासिन्दालगायत सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरिएको गाउँपालिकाले जनाएको छ ।

    त्यस्तै, नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ का सभापति कर्मा शेर्पाले नेलेका अग्निपीडित परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । सभापति शेर्पाले आगलागीबाट घरसहित सम्पूर्ण धनमाल गुमाएका चार परिवारलाई घटनास्थल पुगेर प्रतिपरिवार नगद १० हजार रुपियाँका दरले सहयोग गर्नुभएको हो ।

    सहयोग प्राप्त गर्ने अग्निपीडितहरुमा थुलुङ दूधकोशी गाउँपालिका १ नेलेका बुद्धिबहादुर बस्नेत, कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेत छन् । आफूले देश तथा विदेशमा रहेकाहरुसँग सहयोगको पहल गर्ने उहाँको भनाइ छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ