बिहीबार , असोज ३ गते २०८१

ढुवानी भाडा बढाउन सञ्चालक समिति नै हेरफेर

ढुवानी भाडा बढाउन सञ्चालक समिति नै हेरफेर

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • ढुवानी भाडा बढाउन सञ्चालक समिति नै हेरफेर

    काठमाडौं । २७ भदौ, २०७९ को दिन साँझ वाणिज्य तथा आपूर्ति सचिव डा.गणेशप्रसाद पाण्डेयलाई सरुवाको सूचना आयो । त्यसै दिन बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गर्नु पाण्डेयका लागि आकस्मिक र आश्चर्य लाग्दो थियो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भए । तालुकवाला मन्त्रालयको सचिवको हैसियतले पाण्डेय नेपाल आयल निगमको सञ्चालक समितिको अध्यक्ष थिए ।

    images

    आयल निगमको इन्धन ढुवानी गर्दै आएका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा वृद्धिको माग गर्दै आइरहेका थिए । निगम सञ्चालक समितिले भाडा वृद्धिको निर्णय नगरिरहेको अवस्था थियो ।

    सचिवको सरुवा हुनु ३ दिन अघिबाट ढुवानी व्यवसायीले इन्धन आपूर्ति रोकेर हड्ताल सुरु गरेका थिए । २४ भदौमा गौतमबुद्ध अन्तराष्ट्रिय, धनगढी र नेपालगञ्ज विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प बनाइएको थियो भने २९ गतेबाट दशैभरको इन्धन ढुवानी रोकिएको थियो । अत्यावश्यक सेवामा हड्ताल गरेका व्यवसायीलाई कारबाही गर्नुको साटो सरकारले आन्दोलन भइरहेको बेला निगमको सञ्चालक समितिबाट सुशासनको कुरा गर्ने कर्मचारीलाई हटाएको थियो ।

    स्रोतका अनुसार ढुवानी व्यवसायीसंग मिलेर निगम कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नै पाण्डेय र अन्य सहसचिवहरुको सरुवाका लागि प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र गृहमन्त्रीसम्म लबिइङ गरेका थिए ।

    ‘ढुवानी भाडा बढाउन निगमबाट आधा दर्जन पटक प्रस्ताव बोर्डमा थानीले नै पुर्‍याएका थिए’, निगम सञ्चालक समिति स्रोत भन्छ, ‘यसलाई तत्कालीन निगम सञ्चालक समितिका अधिकांश सदस्यले अस्वीकार गरेका थिए । समितिका अध्यक्ष रहेका सचिव पाण्डेयले त यो विषय पटक पटक ल्याएको भन्दै थानीलाई हप्काएका थिए ।’

    ढुवानी भाडा वृद्धिको विषयमा निगम नेतृत्वसँग सचिव पाण्डेको पटक पटक विवाद भएको थियो । ‘उपभोक्ता र निगमलाई मार परिरहेको बेला व्यापारीको भाडा वृद्धि गर्न नहुने भन्दै उनले बोर्डमा छलफलका लागि यो विषय नल्याउन निगमका कार्यकारी निर्देशकलाई पटक पटक आग्रह गरेका थिए,’ सञ्चालक समितिका एक सदस्य भन्छन्, ‘तर, थानीले ६ पटक भाडाको विषय बोर्डमा पेश गरिरहे ।’

    ढुवानी भाडा बढाउन नहुने पक्षमा सञ्चालक समिति अध्यक्ष पाण्डेयसँगै अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने डा. अर्जुनकुमार खड्का र वाणिज्य विभागका महानिर्देशक लिलाप्रसाद शर्मा पनि थिए ।

    वाणिज्यका शर्मा ६ महिनाअघि मात्रै निगमको बोर्ड बैठकमा प्रतिनिधित्व गर्ने स्थानमा पुगेका थिए भने अर्थका खड्का एक वर्षदेखि निगमको बोर्डमा थिए ।

    अन्ततः वाणिज्य सचिवबाट पाण्डेयको सरुवापछि तोयम राय आए भने अर्थ मन्त्रालयबाट खड्काको ठाउँमा सहसचिव आनन्द काफ्ले निगम सञ्चालक समितिमा आए । वाणिज्य विभागका महानिर्देशक शर्मा २९ भदौमा मन्त्रालयको प्रशासन महाशाखामा सरुवा भए भने महेश भट्टराई विभागमा आए र निगम सञ्चालक समिति सदस्य बने ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ