बिहीबार , असोज ३ गते २०८१

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

अखबार दैनिक
मंगलबार, पुस ५ २०७९
  • दोहोरो अंकले बढ्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

    साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.२२ अंक अर्थात ०.७६ प्रतिशत बढेर १८७३.११ विन्दुमा पुगेको छ। 

    images

    नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन ८८ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २५७ स्टकको २३ हजार ३४४ पटकको कारोबारमा ९३ करोड ८ लाख ३९ हजार रुपैयाँ बराबरको ३० लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    यस दिन होटल तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ। त्यसैगरी, अन्य उपसमूहको परिसूचक यस दिन २.३१ प्रतिशत बढेको छ। बाँकी ११ उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।

    मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त वित्तीय संस्था, श्रृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    श्रृजनशील लघुवित्तको शेयर नेप्सेमा सूचीकृत भएको ५ कारोबार दिनपछि खरिदबिक्री भएको हो। त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन शेयरमूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ। जसमध्ये सनराइज ब्लु चिप फण्डको इकाईमूल्य सर्वाधिक ४.६७ प्रतिशत घटेको छ।

    कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लाभांश वितरण गर्ने घोषणा गरेको सिभिल बैंकको ४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ