बिहीबार , असोज ३ गते २०८१

नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २७.५४ अंक (१.४६ प्रतिशत) ले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ ।

    images

    सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो । आइतबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ ।

    धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ ।

    नेप्सेमा आइतबार बुल २१० सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८० कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ५ कम्पनीको सेयर मूल्य स्थिर छ । आइतबार कारोबार भएकामध्ये इस्टन हाड्रोपावरको सेयर मूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द हुँदा धौलागिरि लघुवित्तको सेयर मूल्य ८.२० प्रतिशत र खप्तड लघुवित्तको सेयर मूल्य ६.११ प्रतिशतले गिरावट भएको छ । यस्तै ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.३५ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ