बिहीबार , असोज ३ गते २०८१

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँट, पर्यो कि परेन यसरी हेर्नुहोस् !

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँट, पर्यो कि परेन यसरी हेर्नुहोस् !

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँट, पर्यो कि परेन यसरी हेर्नुहोस् !

    बाराही हाइड्रोपावर कम्पनीको आइिपओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्। 

    images

    उक्त आपिओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। जसमध्ये १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।
     
    कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। कम्पनीले पहिलो चरणमा आयोजा प्रभावित स्थानीयमा २ लाख ५० हजार कित्ता आइपिओ वितरण गरेको थियो। 

    सो समयमा बिक्री हुन नसकेको १ लाख ४ हजार कित्ता सेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गरेको हो।

    लगानीकर्ताले  प्रवन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्। साथै, बाराही हाइड्रोपावरको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ