बिहीबार , असोज ३ गते २०८१

स्टान्डर्ड चार्टर्ड बैंकलाई २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

स्टान्डर्ड चार्टर्ड बैंकलाई २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • स्टान्डर्ड चार्टर्ड बैंकलाई २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न बोर्डको अनुमति

    स्टान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २४ लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो।
     
    यसमध्ये ९ लाख ६० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १४ लाख ४० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
     
    यस ऋणपत्रमा वार्षिक १०.३०% ब्याजदर पाइनेछ । बैंकले ५ वर्ष अवधिको ‘स्टान्डर्ड चार्टर्ड ऋणपत्र’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ