बिहीबार , असोज ३ गते २०८१

पेट्रोल ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि

पेट्रोल ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि

अखबार दैनिक
आइतबार, पुस ३ २०७९
  • पेट्रोल ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि

    नेपाल आयल निगमले पेट्रोलियम ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । वार्षिक ८० करोड व्ययभार थपिने गरि निगमले ट्यांकरको भाडा वृद्दि गरेको हो।

    images

    शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो ।

    निगमको सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको थियो । ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ । देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ