बिहीबार , असोज ३ गते २०८१

लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अखबार दैनिक
शुक्रबार, पुस १ २०७९
  • लाभांश पारित गर्न एनएमबि बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

    एनएमबि बैंक लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको संचालक समितिको बैठकले बैंकको २७ औँ वार्षिक साधारणसभा पुस २५ गते बिहान ९ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, काठमांडौमा संचालन गर्ने निर्णय गरेको हो ।

    images

    सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ८.२५ नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । त्यस्तै सभाले मर्जर तथा एक्विजिसन प्रक्रिया अगाडी बढाउन संचालक समितीलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ ।

    बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ