बिहीबार , असोज ३ गते २०८१

औद्योगिक मेलाको तयारी अन्तिम चरणमा

औद्योगिक मेलाको तयारी अन्तिम चरणमा

अखबार दैनिक
बिहीबार , मंसिर २९ २०७९
  • औद्योगिक मेलाको तयारी अन्तिम चरणमा

    रूपन्देही । समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ रूपन्देही उद्योग संघले आगामी पुस ७ देखि १९ गतेसम्म बुटवलमा सञ्चालन गर्ने १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघको संयुक्त आयोजनामा हुने प्रदर्शनीका लागि आयोजनास्थल बुटवल मण्डपमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

    images

    मेला तयारीका क्रममा स्टल निर्माण, सहभागी उद्योगको दर्ता, मनोरञ्जनस्थलको काम अन्तिम चरणमा पुगेको निर्माण उपसमितिका संयोजक कम ज्ञवालीले बताउनुभयो । बुटवल उपमहानगरपालिका र लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र काठमाडौं सहआयोजक तथा संघीय सरकारका विभिन्न निकाय प्रवद्र्धक रहेको मेलाका लागि संघका अध्यक्ष माधवप्रसाद पौडेलको मूल संयोजकत्वमा निर्देशन तथा कार्यान्वयन समिति गठन गरिएको छ । आयोजनालाई भव्य, सभ्य र ऐतिहासिकरूपमा सम्पन्न गर्न र तयारीको कामलाई व्यवस्थित गराउन ३१ विभिन्न उपसमिति गठन गरिएको छ ।


    जसअनुसार मूल्यांकन उपसमितिको संयोजकमा निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, स्टल दर्ता उपसमिति संयोजकमा वरिष्ठ उपाध्यक्ष दिलिप सापकोटा, स्टल वितरण उपसमिति संयोजकमा प्रथम उपाध्यक्ष कृष्णप्रसाद पराजुली, स्टल अनुगमन उपसमितिको संयोजकमा द्वितीय उपाध्यक्ष जीवकान्त काफ्ले, मूल समितिको सदस्य(सचिवमा महासचिव हरिबहादुर खत्री, बाल उद्यान उपसमिति संयोजकमा कोषाध्यक्ष हिरामणि भट्टराई, परिचयपत्र उपसमिति संयोजकमा सचिव वसन्त ढकाल, परिचय पत्र (स्टल) उपसमिति संयोजकमा महिला सचिव मञ्जु भुसाल, गेट टिकट उपसमिति संयोजकमा सहकोषाध्यक्ष सुरेन्द्र ज्ञवाली रहनुभएको छ ।

    स्वदेशी उत्पादनको बजार प्रवद्र्धन गर्ने र उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ स्वदेशी उद्योगमात्रको सहभागिता रहने गरी रूपन्देही उद्योग संघले राजधानीबाहिर पहिलोपटक २०४५ सालमा र त्यसपछि निरन्तर राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आएको मूल समितिका संयोजक माधवप्रसाद पौडेलले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ