काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ।