बिहीबार , असोज ३ गते २०८१

तरकारी तथा फलफूलको आजको मूल्य सूची यस्तो छ

तरकारी तथा फलफूलको आजको मूल्य सूची यस्तो छ

अखबार दैनिक
आइतबार, मंसिर २५ २०७९
  • तरकारी तथा फलफूलको आजको मूल्य सूची यस्तो छ

    आइतबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २९० रूपैयाँ, हरियो अंगुर १९० रूपैयाँ रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले 
     जनाएको छ ।

    images

    अदुवा र नेपाली ठूलो गोलभेँडा ५५ रूपैयाँ, अनार २९० रूपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रूपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ४६ रूपैयाँ ४० पैसा, उखु प्रतिवटा ८५ रूपैयाँ, स्थानीय काउली ३० रूपैयाँ, कागती १०५ रूपैयाँ, किवी १८३ रूपैयाँ ३३ पैसा, अकबरे खुर्सानी २८३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ । 

    त्यस्तै, लोकल गाजरको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ, गुन्द्रुक ३२५ रूपैयाँ, टनेल गोलभेँडा ३३ रूपैयाँ, राजमा घिउ सिमी ११५ रूपैयाँ, घिरौँला ८६ रूपैयाँ ६७ पैसा, चम्सुरको साग १०६ रूपैयाँ ६७ पैसा, कन्य च्याउ १४० रूपैयाँ, डल्ले च्याउ ३२५ रूपैयाँ, तितो करेला ६६ रूपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपिया ६७ पैसा,  लोकल परवर ५६ रूपैयाँ ६७ पैसा, भारतीय सुकेको प्याज ५१ रूपैयाँ र हरियो धनिया ११३ रुपैयाँ ३३ पैसा कायम रहेको  समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ