मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि असोज महिना नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । शुभारम्भको चर्चा चल्नेछ । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग कालो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महालक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वृष राशिका लागि असोज महिना ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । नसोचेको ठाउँबाट धनागम हुनेछ । शुभ समाचार सुन्न पाईएला । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । महिनाको अन्त्य बाटराजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो वा घुर्मैलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीको दर्शनगरी गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वृष यो महिनामा मिश्रित फल मिल्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि केहि संघर्श गर्नु पर्नेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । नियमित खर्चसमेत बढ्ने योग छ । महिनाको उत्तरार्ध बाट ठीक समयमा सही निर्णय लिन सकिनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । यो महिनाको लागि शुभ अङ्क १,४ र शुभ रङ्ग हल्का पहेंलो वा रातो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ०)
कर्कट राशिका लागि असोज महिना राम्रो फल मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नजिकका व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । वैदेशिक यात्राको योग छ । यो महिनाको लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशिका लागि असोज महिना नयाँ कार्यको थालनी हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत वढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । यो महिनाको लागि शुभ अङ्क १,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बिष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिनामा वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । लामो यात्रा सुखद र सफल हुनेछ । वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो महिनाको लागि शुभ अङ्क १,७ र शुभ रङ्ग हल्का गुलावी वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जयाय भगवानको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशिका लागि असोज महिनामा तपाईंको राशिबाट बाह्रौँ भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । व्यर्थको सास्ति खेप्नु पर्नेछ । महिनाको अन्त्यमा काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाको लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशिका लागि असोज महिना लाभदायी रहनेछ साथै आर्थिक वृद्धि हुने देखिन्छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । वैदेशिक यात्राको योगपनि बन्नेछ । यो महिनाको लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिना समग्रमा सकारात्मक महिना रहेको छ । पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । कला र गलाको प्रभाव बढ्दै जानेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । यो महिनाको लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै कला साहित्यका क्षेत्रमा विशेष लगाव रहनेछ । इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । रमाइलो भेटघाट हुनेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । महिनाको उत्तरार्धबाट अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यो महिनाको लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ । कार्य क्षेत्रमा सजग रहनु उचित हुने देखिन्छ । अधिकार प्राप्तिका लागि विशेष संघर्श गर्नु पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । मध्य महिनामा बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रिको योग छ । यो महिनाको लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग पहेंलो वा रातो हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो महिनामा स्थान परिवर्तनका विशेष योग देखिन्छन् । आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु अघि विष्णुभगवानको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।
ज्यो.प. नारायणप्रसाद दुलाल
COpy@hamropatro