काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले बढेर ९८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य भने बिहीबार ४० रूपैयाँले बढेर १ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।