बिहीबार , कात्तिक १५ गते २०८१

दार्चुला हत्या प्रकरणः अनुसन्धानमा ढिलाइ भएको भन्दै आफन्तले बुझेनन् शव

दार्चुला हत्या प्रकरणः अनुसन्धानमा ढिलाइ भएको भन्दै आफन्तले बुझेनन् शव

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • दार्चुला हत्या प्रकरणः अनुसन्धानमा ढिलाइ भएको भन्दै आफन्तले बुझेनन् शव

    मंसिर ९ दार्चुला। दार्चुला प्रहरीले  शुक्रबार शवको पोष्टमार्टम गरे पनि दार्चुलाको व्याँस गाउँपालिका–४ मा मृत अवस्थामा भेटिएका नरसिंह विष्टको शव आफन्तले अझै बुझेका छैनन् ।

    images

    मंसिर ४ गते संसदीय निर्वाचनमा मत दिन जिल्ला सदरमुकामबाट गाउँ गएका विष्टको मंसिर ३ गते राति हत्या भएको थियो। विष्टको हत्या गरेर सुनसेराको डोम खोला किनारमा शव फेला परेको थियो।


    मृतकका आफन्तका अनुसार डोम खोलामा गाडेको अवस्थामा विष्टको शव भेटिएको थियो। ‘धारिलो हतियार प्रहार गरी खोलामा शव गाडिएको देखिएको छ’, मृतकका एक आफन्तले भने, ‘दोषी पत्ता नलागेसम्म शव बुझ्दैनौँ।’ किटानी गर्दा पनि प्रहरीले आरोपितहरु पक्राउ नगरेको भन्दै स्थानीय आक्रोशित छन्। यस्तै प्रहरीले अनुसन्धानमा ढिलाइ गरेको उनीहरूको आरोप छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार