आइतबार, जेठ ६ गते २०८१

रणवीर र आलियाले छोरीको नाम राखे –  ‘राहा’

रणवीर र आलियाले छोरीको नाम राखे –  ‘राहा’

अखबार दैनिक
शुक्रबार, मंसिर ९ २०७९
  • रणवीर र आलियाले छोरीको नाम राखे –  ‘राहा’

    आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको नाम ‘राहा’ राखेका छन् । हजुरआमा नीतु कपुरले आफ्नी नातिनीलाई यो नाम दिएकी हुन् । आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा छोरीको नामको अर्थ बताउँदै आलियाले राहाको अर्थ खुसी भएको बताएकी छिन् । यसबाहेक राहा एउटा गोत्र पनि हो । आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिएकी हुन् ।

    images

    भट्टले नामको अर्थ बताइन्
    आफ्नी छोरीको नामको बारेमा जानकारी दिँदै आलिया भट्टले आफ्नो सोशल मिडिया अकाउन्टमा लेखेकी छिन्, ‘राहा भनेको आनन्द हो । संस्कृतमा राहा भनेको गोत्र हो । बंगालीमा यसको अर्थ सान्त्वना र राहत हो । अरबीमा यसको अर्थ शान्ति हो । साथै यसका अन्य धेरै अर्थहरू पनि छन्  – स्वतन्त्रता र आनन्द । उनलाई पहिलो पटक आफ्नो हातमा लिँदा हामीले यी सबै अर्थहरु महसुस गर्यौँ । हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीलाई धन्यवाद राहा । हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्यो ।’ आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार