मंगलबार, मंसिर ११ गते २०८१

पशुपतिमा बाला चतुर्दशीको तयारी सुरु

पशुपतिमा बाला चतुर्दशीको तयारी सुरु

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • पशुपतिमा बाला चतुर्दशीको तयारी सुरु

    कात्तिक ३० काठमाडौँ । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारीस्वरूप सफाइ सुरु गरिएको छ ।

    images


    पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारीस्वरूप सरसफाइ र शतबीज छर्ने मार्गमा विद्युतीय बत्ती व्यवस्थापन गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने वैदिक सनातन हिन्दू धर्मशास्त्रीय परम्परा छ ।


    दिवङ्गत पितृका नाममा शतबीज छर्न मार्गशीर्ष कृष्ण त्रयोदशीकै बेलुकीदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गर्छ । भक्तजन मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा दिवङ्गत पितृका नाममा बत्ती बालेर बस्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीको बिहानै पशुपति क्षेत्रको विशेषगरी मृगस्थलीमा शतबीज छर्ने गरिन्छ ।

    यस वर्ष बाला चतुर्दशी पर्वको तयारीका लागि कोषको संस्कृति संरक्षण महाशाखालाई सबै जिम्मेवारी दिइएको प्रवक्ता अधिकारीले जानकारी दिए । बाला चतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । यस वर्ष मङ्सिर ८ गते बाला चतुर्दशी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार