बिहीबार , कात्तिक १५ गते २०८१

बोटबाटै झर्न थाले सुन्तला

बोटबाटै झर्न थाले सुन्तला

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • बोटबाटै झर्न थाले सुन्तला

    कात्तिक ३० म्याग्दी । म्याग्दीमा पाक्नै लागेका सुन्तलामा औंसा कीरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् ।

    images


    बिक्री गर्ने बेलाका सुन्तला कुहिएर बोटबाटै झर्न थालेको किसानहरूले बताएका छन् । म्याग्दीको वास्कुना र दोसल्ले क्षेत्रमा सुन्तलामा यस्तो रोग देखा परेको हो ।


    जिल्लाभर करिब १७ प्रतिशत सुन्तलामा औँसा कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तला हो ।

    स्केल रोगले सुन्तलाको बोक्रामा विफर लागेको जस्तो हुने र दानाको स्वप नै बिगार्ने गर्दछ । म्याग्दीमा ७ सय छ हेक्टरमा सुन्तला तथा कागती खेती गरिदैँ आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार