बिहीबार , कात्तिक १५ गते २०८१

किसानलाई धान भित्र्याउने चटारो : छैन चुनावको उत्साह

किसानलाई धान भित्र्याउने चटारो : छैन चुनावको उत्साह

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • किसानलाई धान भित्र्याउने चटारो : छैन चुनावको उत्साह

    कात्तिक २९ म्याग्दी । म्याग्दीका कृषकलाई खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन भ्याइनभ्याइ छ । कृषकलाई निर्वाचको सभा र भेटघाटका लागि गाउँ पुगेका उम्मेदवारहरुका कुरा सुन्नेसम्म फुर्सद छैन ।

    images


    प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा निर्वाचनको प्रचार–प्रसारमा पुगिरहेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र उम्मेदवारहरु समूह बनाएर म्याग्दीका गाउँ बस्ती र खेतबारीमा पुगेपनि मतदाताहरु भने आफ्नै काममा व्यस्त हुने गरेका छन् । निर्वाचन नजिकिदै जाँदा दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिएता पनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन् ।


    एकातिर कामको चटारो छ भने अर्कोतिर विगतका निर्वाचनहरुमा भोट दिएर पठाएका जनप्रतिनिधिहरुको व्यवहारले जनताको मन कुँडिएको छ । यो पटकको चुनावी चहल–पहलमा काकको चटरोको कारण मतदातामा उत्साह नदेखिएको शिक्षक प्रेम नेपालीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार