बिहीबार , कात्तिक १५ गते २०८१

UNDOF Mission, Syria मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

UNDOF Mission, Syria मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • UNDOF Mission, Syria मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

    १. संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत UN Mission हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ ।

    images

    २. सोही क्रममा, मिति २०७९ कार्तिक २८ गते UNITED NATIONS DISENGAGEMENT OBSERVER FORCE (UNDOF), सिरियामा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, श्री ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) दोश्रो डफ्फालाई बदली गर्नको लागि श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) ११ औं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) छैठौं डफ्फा, श्री ईन्जिनियर से.मु. (शान्ति सेना) सातौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) चौथो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) तेश्रो डफ्फाको १८३ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी रोशन थापाको नेतृत्वमा Nepal Airlines Airbus A-330 मार्फत काठमाण्डौंबाट मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

    ३. साथै, उक्त मिशनमा तैनाथ श्री फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) १० औं डफ्फा, श्री मेकनाईज्ड ईन्फेन्ट्री गुल्म (शान्ति सेना) पाँचौं डफ्फा, श्री ईन्जिनियर से.मु. (शान्ति सेना) छैठौं डफ्फा, श्री लेवल १ (+) अस्पताल (शान्ति सेना) तेश्रो डफ्फा र श्री क्लोज प्रोटेक्सन युनिट (शान्ति सेना) दोश्रो डफ्फाको १७८ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी मदन थापाको नेतृत्वमा आजै स्वदेश आगमन हुने कार्यक्रम रहेको समेत जानकारी गराईन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार