बिहीबार , कात्तिक १५ गते २०८१

काठमाडौँको बसुन्धारामा घरधनीलाई बन्धक बनाएर ४५ लाख नगद र सुन लुटपाट

काठमाडौँको बसुन्धारामा घरधनीलाई बन्धक बनाएर ४५ लाख नगद र सुन लुटपाट

अखबार दैनिक
मंगलबार, कात्तिक २९ २०७९
  • काठमाडौँको बसुन्धारामा घरधनीलाई बन्धक बनाएर ४५ लाख नगद र सुन लुटपाट

    कात्तिक २९ काठमाडौं । काठमाडौँको बसुन्धारास्थित नन्द मल्लको घरमा गए राति ६–७ जनाको समूहमा आएका लुटेराले नगद र सुन लुटेर भागेका छन् ।

    images


    लुटेराले घरधनी नन्दसहित ५ जना महिलालाई बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटेरा समूहले ह्यामर प्रहार गरेर घरधनीलाई घाइते बनाएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । राति ७  बजेतिर लुटेरा समूह घरमा प्रवेश गरेर ९ बजे निस्केका थिए । ४५ लाख भन्दा बढी नगद र ठूलो परिमाणमा सुन लुटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयका र प्रहरी वृत्त महाराजगञ्जको टिमले अनुसन्धान गरिरहेको छ । मल्लको घर नजिकै बंगलादेश राजदूतावास छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार