बुधबार, भदौ ३१ गते २०८३

अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमान्दार कर्मचारीलाई सम्मानित गरेको छ

अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमान्दार कर्मचारीलाई सम्मानित गरेको छ

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमान्दार कर्मचारीलाई सम्मानित गरेको छ

    काठमाडौं । इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएका छन् । सम्मानित हुनेमा सडक विभागका ईन्जििनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेकाछन् । 

    निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा सम्पन्न गरिएको थियो । १०० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण हजारौं व्यक्तिले हेरेका थिए ।

    पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको
    सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार