बुधबार, भदौ ३१ गते २०८३

नेपाली फोटोग्राफरले पहिल्यै खिचेका थिए हिमचितुवाको झनै आकर्षक फोटो

नेपाली फोटोग्राफरले पहिल्यै खिचेका थिए हिमचितुवाको झनै आकर्षक फोटो

अखबार दैनिक
शुक्रबार, कात्तिक २५ २०७९
  • नेपाली फोटोग्राफरले पहिल्यै खिचेका थिए हिमचितुवाको झनै आकर्षक फोटो

    काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्ताबाट नेपालको हिमचितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थुप्रै टिप्पणी सामाजिक सञ्जालमा देखिए। योभन्दा अगाडि नै नेपाली फोटोग्राफरले नै हिमचितुवाको सुन्दर फोटोहरू खिचेका थिए। चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको फोटो झनै प्रस्ट र आकर्षक देखिन्छ।

     अमेरिकी फोटोग्राफर किटिया पवलोभ्स्कीले सगरमाथा क्षेत्र खुम्बुमा खिचेको हिउँ चितुवाको फोटो अहिले चर्चामा रहिरहँदा नेपाली फोटोग्राफरहरूले खिचेको फोटो सेयर हुन थालेको छ।

    chituwa.jpg
    undefined

    किटियाले ५ हजार ४ सय ८६ मिटर उचाइमा खिचेको फोटो नेपाली तथा विदेशी सञ्चारमाध्यमले निक्कै प्राथमिकताको साथ प्रकाशन हुँदै गर्दा मनाङमा खिचिएका अर्को फोटोहरू सामाजिक सञ्जालमा सेयर हुन थालेको हो।

    हिमचितुवालाई क्यामरामा कैद गरेर अन्तर्राष्ट्रिय चर्चा बटुलेकी अमेरिकी फोटो पत्रकार किटीको चर्चा सामाजिक सञ्जालमा समेत चुलिएको छ। नेपालस्थित अमेरिकी दूतावासले दुईदिनअघि पवलोभ्स्कीका फोटो सेयर गरेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल नै भएका थिए।

    सामाजिक सञ्जाल प्रयोगकर्ताबाट नेपालको हिमचितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थुप्रै टिप्पणी सामाजिक सञ्जालमा देखिए। योभन्दा अगाडि नै नेपाली फोटोग्राफरले नै हिम चितुवाको सुन्दर फोटोहरू खिचेका थिए।

    चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिउँ चितुवाको फोटो झनै प्रस्ट र आकर्षक देखिन्छ। उनीहरूले निकै नजिकबाट जोखिम मोलेरै फोटो खिचेको देख्न सकिन्छ। उनीहरूका फोटो अमेरिकी फोटोग्राफर किटियाको भन्दा निकै आकर्षक र प्रष्ट देख्न सकिन्छ।

    chitu.jpg
    undefined

    मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटोग्राफर चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो सामाजिक सञ्जालमा देखिन थालेको छ। मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको सामाजिक सञ्जालमा सेयर हुन थालेको छ।

    सामाजिक सञ्जालमा कतिपयले ‘नेपालका फोटो पत्रकारले के खिच्छन् ?’ भन्दै खिसिट्युरी गरेपछि नेपाली फोटोग्राफरका हिम चितुवाको फेटो पनि धमाधम सेयर हुन थालेका छन्।


    hiew-chitwa____.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार