बुधबार, भदौ ३१ गते २०८३

सुनको मूल्य यथावत, चाँदीको घट्यो

सुनको मूल्य यथावत, चाँदीको घट्यो

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • सुनको मूल्य यथावत, चाँदीको घट्यो

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य यथावत रहेको जनाएको छ । आजको मूल्य सूची तोक्दै महासंघले हिजोकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४०० र तेजाबी सुनको मूल्य ९४ हजार ९०० रूपैयाँ छ । हिजो बुधबार पनि छापावाल र तेजाबी सुनको मूल्य यही कायम थियो ।


    मंगलबारको तुलनामा तोलामा १४ सय रूपैयाँ बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रूपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रूपैयाँ छ । हिजो बुधबार यसको मूल्य तोलामा १२ सय ९५ रूपैयाँ कायम थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार