बुधबार, भदौ ३१ गते २०८३

विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस

विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस

    काठमाडौं । नेपाल रेडियोलोजिष्ट संघले विभिन्न कार्यक्रमका साथ एघारौ विश्व रेडियोलोजी दिवस मनाएको छ। नोभेम्बर ८ को दिन विश्वभर रेडियोलोजी पेशाकर्मीहरुले विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउने गर्दछन्।

    सन् १८९५ नोवेम्बेर ८ का दिन जर्मन वैज्ञानिक विल्हेम रोंट्जनले एक्सरेको आविष्कार गरेको दिनको सम्झनामा यो दिवस मनाउदै आइरहेको छ। यस वर्ष नेपाल रेडियोलोजिष्ट संघले यसै दिवसको उपलक्ष्यमा २०७९ कार्तिक १९ गते जितपुरफेदी ३ मा निशुल्क अल्ट्रासाउण्ड शिविर गरेको थियो।


    यस्तै कार्तिक २२ गते  प्रभात फेरी र रक्तदान कार्यक्रम संचालन गरेको छ। रेडियोलोजी पेसाकर्मीहरुको प्रभातफेरी बिहान ७ः३० बजे वीर अस्पताल प्रांगणबाट सुरु भई टुंडिखेल परिक्रमा गरिएको थियो।

    सो कार्यक्रमको अन्त्यमा प्रा गणेश बहादुर पोख्रेल र नेपाल रेडियोलोजिष्ट संघका अध्यक्ष प्राडा हेन्सन खड्काले विश्व रेडियोलोजी दिवसको महत्व बारे जानकारी दिएका थिए। सोहि दिन दिउसो १० बजेदेखि काठमाडौँमा वीर अस्पताल प्रांगण र विराटनगरमा  नोबेल मेडिकल कलेज प्रांगणमा रक्तदान कार्यक्रम भएको थियो।

    रक्तदान कार्यक्रममा वीर अस्पतालमा २५ जनाले रक्तदान गरेका थिए भने नोबेल मेडिकल कलेजमा १७ जनाले रक्तदान गरेका थिए।  साथै नेपाल रेडियोलोजिष्ट संघको आव्हानमा देशैभरका रेडियोलोजी पेशाकर्मीहरुले विभिन्न कार्यक्रममा साथै विश्व रेडियोलोजी दिवस मनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार