काठमाडौँ । छिमेकी मुलुक भारत र चीनका सीमा मतदान सुरु हुनुभन्दा ७२ घण्टाअघि सिल गरिने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षा थप मजबुत बनाउन भारत र चीनसँग जोडिएका सिमाना मतदान सुरु हुनुभन्दा तीन दिनअघि सिल गरिने सशस्त्र प्रहरी बलले जनाएको छ।