बुधबार, भदौ ३१ गते २०८३

भूकम्पका घाइतेको उपचार डोटी अस्पतालमा हुँदै

भूकम्पका घाइतेको उपचार डोटी अस्पतालमा हुँदै

अखबार दैनिक
बुधबार, कात्तिक २३ २०७९
  • भूकम्पका घाइतेको उपचार डोटी अस्पतालमा हुँदै

    काठमाडौं । गएराति भूकम्पमा परी गम्भीर घाइते भएका पाँचजनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। 

    घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि केही बेरअघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए। 


    सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरूको उद्धार गरेको हो। उद्धारसँगै घटनास्थलमा आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली खटिएको सेनाले जनाएको छ। 

    गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो। डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो। आठ घर पूर्णरुपमा भत्किएको प्रहरीले बताएको छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार