बिहीबार , असोज ३ गते २०८१

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • घट्यो सुनचाँदीको मूल्य

    काठमाडौं । साताको दोस्रो दिन नेपाली सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको हो ।

    images

    यससँगै आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० रूपैयाँ कायम छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ थियो ।


    गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो आइतबार तोलामा ५० रूपैयाँले बढेको चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको हो । यससँगै आज चाँदीको कारोबार मूल्य तोलामा १२ सय ६५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ