बिहीबार , असोज ३ गते २०८१

ब्याजदर बिरुद्धको आन्दोलन देशव्यापी बन्दै

ब्याजदर बिरुद्धको आन्दोलन देशव्यापी बन्दै

अखबार दैनिक
आइतबार, कात्तिक २० २०७९
  • ब्याजदर बिरुद्धको आन्दोलन देशव्यापी बन्दै

    कार्तिक २० काठमाडौं । उद्योग व्ययवसायीहरुको बढ्दो ब्याजदरका बिरुद्धमा सुरु भएको शान्तिपुर्ण आन्दोला देशव्यापी बन्दै गएको छ । देशका विभिन्न ठाँउहरुमा उद्योग वाणिज्य संघको अगुवाईमा बिरोध प्रदर्शनका कार्यक्रम हरु भइरहेका छन् ।

    images

    रामनगर मिर्चैया उद्योग वाणिज्य संघको आयोजनामा आज मधेर प्रदेशमा पनि बैंक तथा वित्तिय समस्या समाधानार्थ उद्योगी–व्यवसायीहरु शान्तिपूर्ण विरोधमा उत्रिने भएका हुन् । उनिहरुको बिरोध प्रदर्शन बिहान ९ः३० बजेदेखि दिँउसोको १२ बजेसम्म चल्नेछ ।  

    केहि साता अघि त सुर्खेतका उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार व्यबसाय नै बन्द गरेर बढ्दा ब्याजदरको बिरोध गरेका थिए भने बैंक बहिस्कार समेत गरेका थिए । गत शुक्रबार काठमांडौको माईतिघरमा उद्योग वाणिज्य महासंघको अगुवाईमा शान्तिपुर्ण आन्दोलन भएको थियो । 

    उक्त प्रदर्शनमा सहभागि अधिकांश व्यवसायीहरुले अहिले व्यबसायीहरु ब्यापार व्यबसाय धान्ने नसक्ने र पलाएन हुने अवस्थामा पुगेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको समेत गुनासो गरेका थिए । उक्त आन्दोलनमा सहभागि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले अब ब्यवसायीहरुको आन्दोलन देशव्यापी बन्ने बताए । 

    व्यवसायीहरुको उक्त आन्दोलनमा कतिपय बैंकहरुकै सञ्चालकहरु समेत सहभागी छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ