बिहीबार , असोज ३ गते २०८१

सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह

    कात्तिक १७ काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो ।

    images

    बैंकको आर्थिक बर्ष ०६६/६७ देखि ०७०/७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ ।


    सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैंक तथा बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ ।

    यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ