बिहीबार , असोज ३ गते २०८१

एनआईसी एशिया बैंकको सीईओमा पुन : रोशनकुमार न्यौपाने

एनआईसी एशिया बैंकको सीईओमा पुन : रोशनकुमार न्यौपाने

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • एनआईसी एशिया बैंकको सीईओमा पुन : रोशनकुमार न्यौपाने

    कार्तिक १७ काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको आज कात्तिक १६ मा बसेको सञ्चालक समितिको बैंठकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनर्नियुक्त गरेको छ । 

    images


    हाल बैंकको सीईओका रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले आउँदो मंसिर १५ गतेदेखि लागू हुने गरी सीईओको पदमा थप ४ वर्षको अवधिका लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको हो । 


    सन् २००८ अप्रिलदेखि तत्कालीन बैैंक अफ एसिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखापरीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिएका न्यौपाने प्रमुख जोखिम अधिकृतहुँदै सन् २०१८ मा सहायक सीईओ भएका थिए । 

    सहायक सीईओहुँदै निमित्त सीईओका रुपमा बैंकको नेतृत्व सम्हालेपछिको छोटो अवधिमा नै बैंकले विविध सूचांकहरुमा उत्साहजनक व्यावसायिक उचाइ हासिल गरेपछि बैंक सञ्चालक समितिको २०७५ मंसिर १६ को बैंठकले उनलाई २०७५ मंसिर १६ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । 

    ३८ वर्षको उमेरमै नेपालको अग्रणी वाणिज्य बैंकको सीईओका रुपमा नियुक्त भएपछि न्यौपाने मुलुकको सबैभन्दा ‘कान्छो सीईओ’ का रुपमा समेत चर्चित भए। रसुवा जिल्ला स्थायी घर भई हाल काठमाण्डौ बुढानीलकण्ठ बस्ने ४२ वर्षका न्यौपानेले उदाहरणीय क्षमता प्रदर्शन गर्दै आफ्नो करिअरको छोटो अवधिमा नै अत्यन्त सफल सीईओका रुपमा बैंकिङ क्षेत्रमा उदयमान भएका थिए । 

    न्यौपानेले बैंकको नेतृत्वदायी भूमिकामा आएपछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दैगर्दा बैंक अधिकांश वित्तीय सूचकांकहरुमा पहिलो नम्बरमा पुगेको छ । सहायक सीईओका रुपमा नियुक्त भएपछि उनलेको नेतृत्वमा बैंकलाई मध्यमस्तरको बैंकबाट उच्च स्थानको बैंकमा पुर्याउने गरी सन् २०१४ मा पञ्चवर्षीय एकीकृत रणनीतिक योजना ‘रणनीति २०२०’ (स्ट्राटेजी २०२०) तयार गरी बैंकले आ।व। सन् २०१९–२० सम्ममा कर्जा, निक्षेप, सेवाग्राही संख्या, खुद मुनाफा, प्रतिसेयर आम्दानी, स्वपुँजीमा प्रतिफल, शाखा सञ्जाललगायतका अधिकांश वित्तीय तथा गैरवित्तीय परिसूचकहरुमा बैंकिङ क्षेत्रकै उत्कृष्ट बन्न सफल भएको थियो ।  

    न्यौपानेले बैंकको नेतृत्व सम्हालेपछि आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाउँदै बैंकले अधिकांश सूचकहरुमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । बैंकले चालु आ।व। २०७९र८० को प्रथम त्रैमासमा खुद नाफा, ग्राहक संख्या, स्वपुँजीमा प्रतिफल, प्रतिसेयर आम्दानी, शाखा कार्यालयहरु, एटीएम, विस्तारित काउन्टरलगायतका सूचकमा नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । चालु आ।व।को पहिलो त्रैमासमा खुद मुनाफातर्फ रु. १.७५ अर्ब आर्जन गर्दै सबैभन्दा धेरै खुद मुनाफा आर्जन गर्ने वाणिज्य बैंक बन्न सफल भएको छ । जुन मुनाफा वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि हो । 

    त्यसैगरी स्वपुँजीमा प्रतिफल २६.५५ प्रतिशत र वार्षिक प्रतिसेयर आम्दानी  ५९.६२ आर्जन गर्न बैंक सफल भएको छ । जुन २६ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो । 

    चालु आ।व। २०७९.८० को प्रथम त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन रु. ३०८.१८ अर्ब पुर्याउन सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ