बिहीबार , असोज ३ गते २०८१

सुनको मूल्य तोलामा ४०० ले घट्यो

सुनको मूल्य तोलामा ४०० ले घट्यो

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • सुनको मूल्य तोलामा ४०० ले घट्यो

    कात्तिक १७ काठमाडौं । साताको पाचौ दिन नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको छ ।

    images


    महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ थियो ।

     

    यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ