बिहीबार , मंसिर ६ गते २०८१

१७ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

१७ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

अखबार दैनिक
बुधबार, कात्तिक १६ २०७९
  • १७ अर्बले घट्यो वाणिज्य बैंकको निक्षेप

    कार्तिक १६ काठमाडौं । एक सातामै वाणिज्य बैंकको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एसोसिएन (एनबीए)को कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको हो । 

    images


    योसँगै कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ । कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको थियो ।

    कात्तिक लागेयता भने वाणिज्य बैंकहरुको कुल निक्षेप २३ अर्ब रुपैयाँले घटेको छ । गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४७ अर्ब रुपैयाँ रहेको थियो । 

    यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने स्थिर देखिएको छ । गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुबाट कुल ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । कात्तिक ११ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ नै रहेको छ । 

    कात्तिक लागेयता भने वाणिज्य बैंकहरुबाट थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असोज मसान्तसम्म कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रुपैयाँ रहेको थियो । 

    कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो बढेर ८७.५८ प्रतिशत पुगेको छ । गत कात्तिक ४ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२३ प्रतिशत रहेको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ