बिहीबार , असोज ३ गते २०८१

सेयर बजारमा १६.३९ अंकको सुधार

सेयर बजारमा १६.३९ अंकको सुधार

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • सेयर बजारमा १६.३९ अंकको सुधार

    कात्तिक १४ काठमाडौं । सेयर बजारमा पहिलो दिन नै दोहोरो अंकको वृद्धि आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार सेयर बजार परिसूचक नेप्से १६.३९ अंकले बढ्दै १८७४.८७ अंकमा उक्लिएको हो ।  यस दिन ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४९.३ अंकले बढ्दै ३७०.८६ अंकमा उक्लिएको छ । 

    images


    आज डेभलपमेन्ट बैंक समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा बढी १.६५ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, ट्रेडिङ समूह १.१४ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १.५९ प्रतिशतले बढेको छ । 

     

    नेप्से सूचक १६ अंकमाथिले बढेको बजारमा आज कुल ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ