बिहीबार , असोज ३ गते २०८१

तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • तीन महिनामा नेपाल भित्रियो साढे ६२ अर्बको पेट्रोल, डिजेल र ग्यास

    कार्तिक १४ काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा नेपालमा करिव साढे ६२ अर्बको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको छ । 

    images


    २०७९ को साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपालले आयात गरेको हो । 


    सो अवधिमा नेपालले ६२ अर्ब ४६ करोड ६१ लाख ६८ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । 

    विभागको तथ्याङ्कअनुसार बितिको तीन महिनामा नेपालले भारतबाट २९ अर्ब २९ करोड ८१ लाख २४ हजार रुपैयाँको डिजेल, १८ अर्ब २२ करोड ४४ लाख १५ हजार रुपैयाँको पेट्रोल र १४ अर्ब ९४ करोड ३६ लाख २९ हजार रुपैयाँको एलपी ग्यास आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७८र७९ को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले १४ अर्ब ९ करोड ५० लाख ३४ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास आयात गरेको छ ।

    गत आर्थिक वर्षको साउन देखि असोजसम्म तीन महिनाको अवधिमा नेपालले ४८ अर्ब ३७ करोड ११ लाख ३४ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट आयात गरेको थियो । 

    चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङकले नेपालले सबैभन्दा बढी मुल्यमा आयात गरेको तीन वस्तुमा क्रमसः डिजेल, पेट्रोल र एलपी ग्यास रहेको देखाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ