बिहीबार , असोज ३ गते २०८१

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • सुनचाँदीको मूल्य स्थिर

    कार्तिक १४ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनचाँदीको भाउ स्थिर रहेको जानकारी दिएको हो । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । आज सोमबार पनि यही मूल्यमा सुनचाँदीको कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

    images


    तिहार अघिदेखि सुनचाँदीको कारोबार बन्द भएको थियो । जुन, हिजो आइतबार तोलामा १ हजार रुपैयाँले घटेर कारोबारमा आएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । जसअनुसार, आज चाँदीको मूल्य तोलामा १२ सय रुपैयाँ तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ