बिहीबार , असोज ३ गते २०८१

नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट

अखबार दैनिक
मंगलबार, असोज २५ २०७९
  • नेप्सेमा दोहोरो अंकको गिरावट

    असोज २५ काठमाडौं । मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६ विन्दुमा पुगेको हो ।

    images


    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.२१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले घटेको छ ।

    त्यस्तै मंगलबार २२९ कम्पनिको १७ लाख ६८ हजार ६९२ कित्ता शेयर कारोबार हुदा कुल ५५ करोड २८ लाखको कारोबार भएको छ ।

    त्यसैगरी आज समिट लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने अभियान लघुवित्तको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज बिन्धाबासिनी हाइड्रोपावरको शेयर मुल्य सबैभन्दा बढी ७.१८ प्रतिशतले घटेको छ  ।

    आज कारोबार भएका कम्पनिहरुमा नबिल बैंकको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ३ करोड १० लाखको कारोबार भएको छ भने एनएलआइसीको २ करोड ४३ लाखभन्दा बढीको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ