बिहीबार , असोज ३ गते २०८१

फेरि घट्यो सुनको भाउ

फेरि घट्यो सुनको भाउ

अखबार दैनिक
आइतबार, असोज ९ २०७९
  • फेरि घट्यो सुनको भाउ

    असोज ९ काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन सोही रुपैयाँले बढेको थियो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। 

    शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ