शनिबार, मंसिर ८ गते २०८१

झन्डै १० अङ्कले घट्यो शेयर बजार

झन्डै १० अङ्कले घट्यो शेयर बजार

अखबार दैनिक
बिहीबार , असोज ६ २०७९
  • झन्डै १० अङ्कले घट्यो शेयर बजार

    असोज ६ काठमाडौं । बिहीबार शेयर बजार फेरि ओरालो लागेको छ । बुधबार ११ अंकले बढेको बजार बिहीबार ९ अंकले घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ९.८३ प्रतिशतले घटेर १८३८.९६ विन्दुमा झरेको छ। बिहीबार कारोबार रकम पनि सुस्त छ। अघिल्लो दिन ७२ करोडको कारोबार भएको बजारमा बिहीबार ६५ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ। यस दिन ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर कारोबार भएको छ।

    images

    बिहीबार पनि सामलिङ्ग पावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावरको २.८७ प्रतिशत, एनसिसि बैंकको २.४३ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको २.२७ प्रतिशत र बरुण हाइड्रोपावरको २.१६ प्रतिशतले बढेको छ।

    यता विन्दवासिनी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ५.२६ प्रतिशतले घटेको छ भने श्वेत गंगा हाइड्रोपावरको ४.९६ प्रतिशत, तेह्रथुम पावरको ४.१६ प्रतिशत र आरएसडिसी लघुवित्तको ४.१२ प्रतिशतले घटेको छ।

    बिहीबार नबिल बैंकको सबैभन्दा धेरै २ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने बोटलर्स नेपालको २ करोड ४१ लाख, अपी पावरको १ करोड ६१ लाख र रिडी हाइड्रोपावरको १ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

    यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा फाइनान्स र माइक्रोफाइनान्स उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ