असोज ६ काठमाडौं । साताको पाचौ दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज (बिहिबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।