मंगलबार, वैशाख २५ गते २०८१

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

अखबार दैनिक
सोमबार, साउन १६ २०७९
  • काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

    १६ साउन, काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

    images

    तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् ।

    पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका घटनास्थलमा पुगेका तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी दिए । ‘सुनीता र छोराछोरीको शव एउटा कोठामा छ, दिनेशको अर्को कोठामा छ’ मेयर महर्जनले भने, ‘दिनेशले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ ।

    प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए । उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार