मंगलबार, वैशाख २५ गते २०८१

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

अखबार दैनिक
सोमबार, असार २० २०७९
  • मोरङको रंगेलीमा खाल्डोभित्र युवतीको शव भेटियो

    २० असार, विराटनगर । पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन ।

    images

    सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार