बिहीबार , वैशाख २० गते २०८१

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारी अधिकृतलाई कार्यलय प्रवेशमा रोक

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारी अधिकृतलाई कार्यलय प्रवेशमा रोक

अखबार दैनिक
मंगलबार, असोज १२ २०७८
  • काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी आन्दोलित, प्रमुख कार्यकारी अधिकृतलाई कार्यलय प्रवेशमा रोक

    १२ असोज, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा क्रियाशील पाँच कर्मचारी युनियनहरु आन्दोलनमा छन् । उनीहरुले विभिन्न मागहरु राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई दिउसो २ बजेसम्म कार्यालय प्रवेशमा दैनिक रुपमा रोक लगाइरहेका छन् ।

    images

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड एकीकृत स्वतन्त्र कर्मचारी युनियन, काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी कल्याण परिषद् र काठमाडौ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले कार्यालय परिसरमा दैनिक धर्ना दिइरहेका छन् । मेलम्चीको पानी आएपछि कम्पनीको सञ्चालन खर्च बढ्ने भएकाले महसुल दर पुनरावलकोनको प्रक्रिया अघि बढाउनुपर्ने कर्मचारीहरुको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ