शनिबार, मंसिर ८ गते २०८१

अर्थ मन्त्रालयले भन्यो : `सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाउने काम भयो, नजिकबाट नियालिरहेका छौं´

अर्थ मन्त्रालयले भन्यो : `सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाउने काम भयो, नजिकबाट नियालिरहेका छौं´

अखबार दैनिक
आइतबार, भदौ २० २०७८
  • अर्थ मन्त्रालयले भन्यो : `सर्वसाधारण लगानीकर्तालाई आतंकित बनाउने काम भयो, नजिकबाट नियालिरहेका छौं´

    काठमाडौँ, २० भदौ । अर्थ मन्त्रालयले बजारलाई सुनियोजित रुपमा घटाएको र सर्वसाधारण लगानीकर्ता आतंकित बनाउने काम भएको कुरा नजिकबाट नियालिरहरको बताएको छ।

    images

    उसले बजार यसरी घटाउनु पर्ने कुनै कारण नभएको भन्दै ठुला लगानीकर्ताको स्वार्थअनुसार यी सबै काम भएको उल्लेख गरेको छ ।मन्त्रालयले सर्वसाधारण लगानीकर्तालाई नआत्तिन समेत अपिल गर्दै उचित निर्णय लिइने समेत बताएको छ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक पाँच प्रतिशतले घटेपछि आइतबार नेगेटिभ सर्किट लागेर कारोबार बन्द भएको थियो ।

    कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटका लागि बन्द भएको छ ।यस अवधिमा नेप्से १४७.३१ अंकले घटेर ३१ विन्दुमा थामिएको छ भने सात अर्बको कारोबार भएको छ ।

    नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यबस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ ।

     

     
     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ