शुक्रबार, जेठ ४ गते २०८१

सरकारले भूमिहिन र सुकुम्बासीकाे जिवनमा लात हान्याे: ज्ञावली

सरकारले भूमिहिन र सुकुम्बासीकाे जिवनमा लात हान्याे: ज्ञावली

अखबार दैनिक
मंगलबार, साउन १९ २०७८
  • सरकारले भूमिहिन र सुकुम्बासीकाे जिवनमा लात हान्याे: ज्ञावली

    भूमि सम्बन्धि समस्या समाधान आयाेगका अध्यक्ष  देवी ज्ञवालीले सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर लाखौं भूमिहिन र सुकुम्बासीको जीवनमा लात हानेको बताउनुभएको छ । सरकारले आयोग खारेज गरेपछि प्रतिक्रिया दिँदै उहाँले सरकारले आयोग नै खारेज गरेर अपराध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई हटाएको भए ठूलो कुरा मान्ने थिएन, तर आयोगनै खारेज गरेर यो सरकार भूमिहिन र सुकुम्बासी विरोधी भएको प्रष्ट भएको छ ।’ ‘राज्यले मलाई काम गर्न पठाएको थियो । मैले खुरुखुरु काम गरेको थिए । धेरै दुःख र मेहेनत गरेका थियौं । सबै खेर गयो ।’ उहाँले भन्नुभयो । करिब १२ लाख सुकुम्बासीको लागत संकलनको काम भएको थियो भन्दै ज्ञवालीले स्थानिय पालिकाहरुले धमाधम लागतको काम गरिसकेको बताउनुभयो ।       Narayani online बाट

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ