शुक्रबार, जेठ ४ गते २०८१

बिहादी गाउँपालिकाको बर्राचौरमा १५ शैयाको अस्पताल निर्माण शुरु

बिहादी गाउँपालिकाको बर्राचौरमा १५ शैयाको अस्पताल निर्माण शुरु

अखबार दैनिक
सोमबार, साउन १८ २०७८
  • बिहादी गाउँपालिकाको बर्राचौरमा १५ शैयाको अस्पताल निर्माण  शुरु

    जिल्लाको दक्षिणी क्षेत्र बिहादी गाउँपालिकाको बर्राचौरमा १५ शैयाको अस्पताल निर्माण हुने भएको छ । दक्षिणी क्षेत्र बर्राचौरमा सुविधा सम्पन्न १५ शैयाको अस्पताल निर्माणको लागि भवनको निर्माण कार्य शुरु भएको हो । गाउँपालिकाका अध्यक्ष कमल भुषालले एक कार्यक्रमका वीच भवनको शिल्यान्यास गर्नुभएको छ । जिल्लाको बिहादी गाउँपालिका वडा न २ वर्राचौरमा बर्राचौर प्राथामिक अस्पताल भवनको निर्माण कार्य शुभारम्भ भएको हो । भयाली बाबुरत्न जे.वि. कन्स्ट्रक्सन प्रालि निर्माणको जिम्मा पाएको उक्त भवन आगामी १६ महिनामा निर्माण सम्पन्न हुने कम्पनीले जनाएको छ । भवन निर्माणको लागि स्थानीय डोलिन्द्र गिरीले जग्गा दान गर्नुभएको हो । वर्राचौरका वडा सदस्य समेत रहेका गिरीले निशुल्क प्रदान गरेको जग्गामा भवन निर्माण हुन लागेको हो ।
    भवनको शिल्यान्यास पछि गाउँपालिका अध्यक्ष कमल भुषालले स्वास्थ्य चौकिको स्तरोन्ती गर्ने, हरेक वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी गाउँपालिका वासीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने गाउँपालिकाको लक्ष्य रहेको वताउनुभयो । स्वास्थ्य क्षेत्रमा पछिल्लो समय पूर्वाधारको निर्माण हुँदै गएकोले अव गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा ध्यान दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा वडा न २ का वडाअध्यक्ष ओम कुँवरले अस्पतालको शिल्यान्यास हुनु यस क्षेत्रका बासीका लागि सुखद पक्ष रहेको र यो जिवन्त राख्न आफुहरुको दायित्व रहेको वताउनुभयो । उहाँले जग्गा दाताहरु प्रति आभार ब्यक्त गर्नुभयो । बर्राचौर स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्रनाथ पौडेलले शिल्यान्यास कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
    नेपाल सरकारले देश भरका केहि सिमित ठाउँमा निर्माण गर्न लागेको विशेष स्वास्थ्य कार्यक्रम अन्तर्गत ४ करोड ५१ लाखको सम्झौता रकममा भवन निर्माण हुन लागेको निर्माण कम्पनीका नवरजा सिंजालले जानकारी दिनुभयो । कुल ६ करोड ७९ लाखमा बोलपत्र आब्हान भए पनि ४ करोड ५१ लाखमा कम्पनीले निर्माणको जिम्मा लिएको हो । २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी कम्पनीले ११ हजार ७ सय इक्वार फुटमा भवनको निर्माण गरिनेछ । भवनको निर्माण केन्द्रिय योजना कार्यान्वयन ईकाई काठमाण्डौं मार्फत भएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ