शुक्रबार, जेठ ४ गते २०८१

उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले: ज्ञवाली

उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले: ज्ञवाली

अखबार दैनिक
आइतबार, साउन ३ २०७८
  • उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले: ज्ञवाली

     नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।

    ‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

    उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

    ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । ‘आज एमालेलाई अप्ठ्यारो होला,’ उनले भने, ‘एकछिनलाई जित-हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।’

    संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, ‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ