शुक्रबार, जेठ ४ गते २०८१

रुपाँ गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण हुदै

रुपाँ गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण हुदै

अखबार दैनिक
आइतबार, साउन ३ २०७८
  • रुपाँ गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माण हुदै

    पोखरा
    कास्कीको रुपाँ गाउँपालिकामा २५ शैयाको अस्पताल निर्माणको काम अगाडी बढेको छ । संघिय सरकारको प्रत्यक स्थानिय तहमा बिशिस्ट सेवा सहितको अस्पताल स्थापना गर्ने उद्देश्य अनुरुप गाउँपालिकाले २५ शैयाको अस्पताल निर्माणको लागि टेण्डर आव्हान गरिसकेको छ । प्रत्यक वडाका स्वास्थ्य चौकी बाट आधारभुत स्वास्थ्य सेवा प्रवाह गरिरहेको रुपा गाउँपालिकाले अब भने बिशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा फालभञ्ज्याङ बाट दिने भएको हो । 
    नेपाल सरकारको १८ करोड र गाउँपालिकाको ४ करोडको लगानीमा २५ शैयाको अस्पताल बन्न लागेको हो । रुपा गाउँपालिकाका नागरिक स्वास्थ्य सेवा लिन लामो यात्रा गरेर पोखरा नै धाउनुपर्छ, २५ शैयाको अस्पताल निर्माण पश्चात नागरिकको उक्त समस्या समाधान हुने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार अस्पताल निर्माण पश्चात रुपा गाउँपालिका सहितका अन्य जिल्लाका नागरिकहरुले समेत यहाँबाट स्वास्थ्य लाभ लिनेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ