शुक्रबार, जेठ ४ गते २०८१

हेलीकप्टरमा मुख्यमन्त्री चुमनुब्री पुगे पनि खोप पुगेन

हेलीकप्टरमा मुख्यमन्त्री चुमनुब्री पुगे पनि खोप पुगेन

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • हेलीकप्टरमा मुख्यमन्त्री चुमनुब्री पुगे पनि खोप पुगेन

     पोखरा
    कोभिडविरुद्धको खोप भेरोसेल पु¥याउन भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली पोखराबाट उत्तरी गोरखाको चुमनुब्री पुगेपनि खोप भने पुग्न सकेको छैन् । गाउँपालिकालाई आवश्यक तीन हजार खोप दिन भन्दै हेलीकप्टरमा मुख्यमन्त्रीको टोली गएतापनि खोप भने बर्खाले बाटो बिगारेकाले पुग्न नसकेको हो । गाउँपालिकालाई आवश्यक खोप र स्वास्थ्य सामाग्री दिन भन्दै हेलीकप्टर मार्फत चुमनुब्री पुगेको मुख्यमन्त्रीको टोलीले त्यहाँका जनतालाई खोप तथा स्वास्थ्य सामाग्री वितरण गर्न पाएन् । मुख्यमन्त्री हेलीमा गोरखा गएपनि खोप भने काठमाडौँ बाट गाडीमा आउदै थियो तर ‘बर्खा याममा बाढी पहिरोले बाटो बिगारेपछि एक ठाउँ बाट अर्कोमा ठाउँमा जान निकै समस्या भएका करण खोप बिच बाटोमै अलपत्र परेको छ । 
    सस्तो लोकप्रियताको पछि लागेर जनता माझ खोप वितरण गर्न भन्दै मुख्यमन्त्री स्वयं दौडिएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीको आलोचना भएको छ । कर्मचारी संयन्त्र परिचालन गर्न छोडेर आफै हेलिकोप्टर मार्फत खोप दिन जानु त्यत्ति उचित नहुने कर्मचारी बताउछन् ।
    खोप माउन्टेल चाइल्ड नामक संस्थाले खोप सहयोग गरेको थियो । उक्त खोपसमेत काठमाडौंबाट सीधैं गाडी बाट लैजाने योजना भएको तर सडक बर्खाले बिगारेको कारण हेलिकप्टर मार्फत गोरखाका सबै स्थानिय तहमा को खोप छाड्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ