शुक्रबार, जेठ ४ गते २०८१

एमाले एकताको प्रयासमा दोस्रो तहका नेताहरू

एमाले एकताको प्रयासमा दोस्रो तहका नेताहरू

अखबार दैनिक
शनिबार, साउन २ २०७८
  • एमाले एकताको प्रयासमा दोस्रो तहका नेताहरू

    नेकपा एमालेको कार्यदलको बैठक आज पनि बसेको छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा एमालेका दोस्रो तहका नेताहरू एकता जोगाउन प्रयासस्वरुप छलफलमा जुटेका छन् ।

    images

    कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शङ्कर पोखरेल रहेका थिए ।

    आजको बैठकमा एमाले सचिवत्रय पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि सहभागी छन् ।

    शुक्रवार संस्थापन पक्षले एकतर्फीरुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय लिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ