शुक्रबार, जेठ ४ गते २०८१

गण्डकी प्रदेश सभाको आजको बैठक पनि स्थगित, मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र

गण्डकी प्रदेश सभाको आजको बैठक पनि स्थगित, मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र

अखबार दैनिक
बुधबार, असार ३० २०७८
  • गण्डकी प्रदेश सभाको आजको बैठक पनि स्थगित, मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र



    गण्डकी प्रदेश सभाको बुधबारको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले ल्याएको बजेटमा असन्तुष्टी जनाउँदै प्रदेश सभा अवरोध गरेको हो । प्रदेश सरकारले ल्याएको बजेट तथा बार्षीक कार्यक्रमहरु न्यायोचित हिसाबले वितरण नगरेको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । बहुवर्षीय योजनाहरु, स्रोत सुनिश्चित भएर अघि बढेका योजनालाई निरन्तरता नदिइएको भन्दै एमाले संसदीय दल गण्डकी प्रदेशले बजेटमा असन्तुष्टी जनाउँदै मुख्यमन्त्रीलाई १० बुँदे ध्यानाकर्षण पत्र समेत बुझाएको थियो तर त्यसको सुनुवाई नभएको एमालेको आरोप छ । छलफलका लागि टेबुल भएको २०७८÷२०७९ को प्रश्तावित बजेट पक्षपातपूर्ण भएकोले तत्काल सच्याउन पर्ने एमालेको माग छ । नसच्याए बैठक अगाडी बढ्न नदिने एमालेले जनाएको छ । अघिल्लो सरकारले अगाडी सारेका प्रथम पन्चवर्षीय योजना २०७६–२०८१, अल्पकालीन लक्ष्य, दिगो बिकास लक्ष्यलाई वार्षिक बिकास कार्यक्रमले अनुशरण नगरेको र बहुबर्षे आयोजनाहरु पुर्वाग्रहका आधारमा रद्ध गरिएको, सालबसाली सञ्चालनमा रहेका योजनाहरु अलपत्र पारिएको, निर्माणाधीन सडकहरुलाई अनुसुचिमा राखेर सत्तापक्षीय सांसदको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्रमा बुझाएको छ ।

    images

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ